२० बैशाख २०८३, आइतबार | May 4, 2026

सहकारी ठगी गरेका ढोरपाटनका मेयरविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा



काठमाडौँ । सहकारीबाट ठगी भएको सम्पूर्ण रकम बचत कर्तालाई फिर्ता गर्ने घोष्णा गरेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । बागलुङ जिल्ला अदालतमा उनी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकील कार्यालय बागलुङले नेपालीविरुद्ध एक अर्ब ५८ करोडको बिगो दाबीसहित मुद्दा दायर गरेको छ । मुद्दामा बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय र सहकारी संस्थाको पदाधिकारी भएकाले संस्थामा रहेको सेयर रकम ४० लाख, नगद रकम १ लाख २० हजार र नेपालीको नाममा दर्ता कायम कायम रहेको जग्गा कित्ता ३३ समेत जफत गर्न मागदाबी गरिएको छ ।

सहकारी ठगीकै आरोपमा पक्राउ मेयर नेपाली इमेज सहकारीको बचत डुबाएर २०८० जेठदेखि फरार थिए । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो । त्यसपछि दिल्ली प्रहरीले उनलाई नयाँदिल्लीबाट पक्राउ गरेको थियो । पक्राउ परे लगत्रै नेपालीले सम्पूर्ण बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा समेत गरेका थिए ।

त्यस्तै सोही मुद्दामा नेपालीकी पत्नी एवं प्रतिवादी छेला नेपालीलाई बिगो ६ करोड ९८ लाख ८० हजार रुपैयाँ र उनको गाउँमा विभिन्न स्थानमा रहेको १७ कित्ता जग्गा जफतको मागदाबीसहित कैद र जरिवानासमेतको मागदाबी गरिएको छ ।

इमेज सहकारीमा आबद्ध चित्रबहादुर भण्डारी, लालमती रोका, शक्ति किसान, डोरबहादुर परियार, सुनील नेपाली, लक्ष्मी सेन सुनार, रूपा विक, झगबहादुर शाही, अनिता बुढामगर, सुरेन्द्र बोहरा, सजिता थापा, पुष्पा पाठक खत्री, दीपक पौडेल र सन्तोष नेपालीले समेत वारदातमा संलग्न मुख्य अभियुक्त देवकुमार नेपालीलाई सम्पत्ति शुद्धीकरणको कसुर गर्न गराउन सहयोग र सहजीकरण गरी मतियारको भूमिका खेलेर कसुरजन्य काम गरेको भन्दै रिटमा उनीहरूलाई पनि सम्पत्ति शुद्धीकरण ऐनबमोजिम अभियुक्त नेपालीलाई हुने सजायको आधा माग दाबी गरिएको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका शाखा प्रबन्धक शक्ति किसान, लेखा प्रमुख लालमती रोका, सेवा केन्द्र बुर्तिबाङकका लेखा प्रमुख अनिता बुढामगर, सेवा केन्द्र गलकोटका शाखा प्रबन्धक अनिल नेपालीले बचतकर्ताको बचत अपचलन गर्ने उद्देश्यले कृत्रिम खाता खोली रकम जम्मा गरेको जाहेरीमा उल्लेख छ । यसरी कृत्रिम खाता खोली रकम जम्मा गर्न निर्देशन दिनेहरुमा प्रतिवादीहरू देवकुमार नेपाली समेतले १ हजार ५ सय ४३ जना बचतकर्ताको १ अर्ब ३३ करोड ९२ लाख ५० हजार ३ सय १४ रुपैयाँ सो सहकारी संस्थाका उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनील नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सदस्य चित्रबहादुर भण्डारी, सदस्य रूपा विक, सदस्य झगबहादुर शाही रहेको जोहरीमा किटान गरिएको छ ।

उनी नेकपा एमालेबाट ढोरपाटन नगरपालिकामा नगर प्रमुखमा बिजयी भएका थिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  २ : २९ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता