काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरतमै भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल बनायो ।
नेपालका लागि आसिफले ४७ बलमा ५१ रन बनाउँदै उत्कृष्ट पारी खेले । त्यस्तै, कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन र गुल्शन झाले ५ बलमा १४ रनको योगदान दिए ।
सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको नेपालले त्यसपछि रनगति सुस्त हुँदा स्कोरलाई दोब्बर पार्न सकेन ।
यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १-१ विकेट हात पारे ।


















प्रतिक्रिया