५ चैत्र २०८२, बिहिबार | March 19, 2026

विपिन जोशीको मृत्यु भएको औपचारिक पुष्टि

हमासद्वारा चार मृत बन्धकको नाम सार्वजनिक



काठमाडौं । प्लालेष्टायनी विद्रोही समुह हमासले नेपालका विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ ।
हमासले पछिल्लो पटक सार्वजनिक गरेको चार जना मृतकको नाममा विपिन जोशीको नाम पनि समावेश छ ।
यसअघि इजरायली सेनाले पनि आज बिहान मात्रै जोशीको परिवार र तेलअभिवस्थित नेपाली दूतावासलाई सम्पर्क गरेर जोशी जीवित नरहेको जानकारी दिएको थियो ।

कृषिका विद्यार्थी विपिन जोशी किबुत्ज अलुमिमस्थित फार्ममा काम गरिरहेका बेला अपहरणमा परेका थिए। अपहरणको समयमा उनी २२ वर्षका थिए। विपिन जोशीको मृत्यु कहिले भएको हो भन्ने स्पष्ट भएको छैन ।

हमास सैनिक शाखा अल–कसाम ब्रिगेड्सले मृतकको शव हस्तान्तरण गर्ने बताएको सीएनएनले जनाएको छ ।

द होस्टेज एण्ड मिसिङ फेमिलि फोरमले यसअघि गाजामा रहेका २८ जना मृत बन्धकमध्ये केवल चार जनाका शव सोमबार मात्र फिर्ता गरिने जनाएको थियो। बाँकी शव कहिले फिर्ता गरिने हो भन्ने बारे स्पष्ट नभएको सो फोरमले जनाएको छ । बन्धकका परिवारहरू भने यो समाचार सुनेर स्तब्ध र निराश भएको फोरमले जनाएको छ। फोरमले सबै शवहरू इजरायलमा फिर्ता नहुँदासम्म सम्झौताको कार्यान्वयन स्थगित गर्न माग गरेको छ।

अमेरिकाको मध्यस्थतामा भएको सम्झौताअनुसार, युद्धविराम घोषणा भएको ७२ घण्टाभित्र हमास र उसका सहयोगीहरूले बाँकी सबै बन्धकहरूलाई जीवित वा मृत अवस्थामा रिहा गर्नुपर्ने शर्त रहेको छ । तर हमाससँग सबै मृत बन्धकहरुलाई फेला पार्ने र फिर्ता गर्ने क्षमता नहुनसक्ने इजरायलले आशंका गरेको छ ।

इजरायली रक्षा मन्त्री इस्रायल काट्जले चेतावनी दिँदै भनेका छन् “केवल चार शव मात्र फिर्ता हुने घोषणा सम्झौताका प्रतिबद्धता पालनामा असफलता हो ।” उनका अनुसार, “कुनै ढिलाइ वा जानाजानी टाटटुले काम सम्झौतामाथिको खुला उल्लङ्घन हुनेछ, र त्यसको जवाफी प्रतिक्रिया दिइनेछ।”

विपिनसँगै मृत चार बन्धकहरुमा डानियल पेरेट्ज, योसी शाराबी र गाइ इलुज रहेका छन् । यी सबै इजरायली नागरिक हुन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : १३ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन