काठमाडौं । हमासले सोमबार राति इजरायललाई बुझाएका चारवटा शवमध्ये एक शव नेपालका विपिन जोशीकै भएको पुष्टि भएको छ ।
इजरायली सेनाले गरेको फरेन्सिक परीक्षणबाट नेपाली विद्यार्थी विपिन जोशीको शवको पुष्टि भएको हो ।
इजरायली सेनाले तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानमा शवको परीक्षण गराएको थियो । त्यसबाट चारैजनाको शवको पहिचान भएको थियो । शव परीक्षण र यसको नतिताबारे परिवारलाई जानकारी दिइसकिएको छ ।
सेनाका अनुसार अस्पतालमा गरिएको डीएनए परीक्षणको नतिजाले विपिन जोशीको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भएको देखाएको छ । हमासले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा उनको मृत्यु भएको दाबी गर्दै आएको छ ।
संस्थानले अनुसन्धान पूरा भएपछि मृत्युको कारण र अवस्थाबारे अन्तिम निष्कर्ष सार्वजनिक गर्ने बताएको छ ।
आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि इजरायलले उनको शव नेपाल पठाउने तयारी गरेको छ ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई २०२३ अक्टोबर ७ मा हमासले अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । सो दिनको हमास आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए ।
हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिएको दृश्यसमेत सार्वजनिक गरेको थियो । त्यसयता उनको अवस्था र अवस्थाबारे कुनै जानकारी बाहिर आएको थिएन ।



















प्रतिक्रिया