४ चैत्र २०८२, बुधबार | March 19, 2026

विपिन जोशीको शवको फरेन्सिक परीक्षण, २०२३को अन्ततिरै हत्या



काठमाडौं । हमासले सोमबार राति इजरायललाई बुझाएका चारवटा शवमध्ये एक शव नेपालका विपिन जोशीकै भएको पुष्टि भएको छ ।

इजरायली सेनाले गरेको फरेन्सिक परीक्षणबाट नेपाली विद्यार्थी विपिन जोशीको शवको पुष्टि भएको हो ।

इजरायली सेनाले तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानमा शवको परीक्षण गराएको थियो । त्यसबाट चारैजनाको शवको पहिचान भएको थियो । शव परीक्षण र यसको नतिताबारे परिवारलाई जानकारी दिइसकिएको छ ।

सेनाका अनुसार अस्पतालमा गरिएको डीएनए परीक्षणको नतिजाले विपिन जोशीको मृत्यु सन् २०२३ को अन्त्यतिर नै भएको देखाएको छ । हमासले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा उनको मृत्यु भएको दाबी गर्दै आएको छ ।

संस्थानले अनुसन्धान पूरा भएपछि मृत्युको कारण र अवस्थाबारे अन्तिम निष्कर्ष सार्वजनिक गर्ने बताएको छ ।

आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि इजरायलले उनको शव नेपाल पठाउने तयारी गरेको छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई २०२३ अक्टोबर ७ मा हमासले अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । सो दिनको हमास आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए ।

हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिएको दृश्यसमेत सार्वजनिक गरेको थियो । त्यसयता उनको अवस्था र अवस्थाबारे कुनै जानकारी बाहिर आएको थिएन ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ४ : ५६ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन