१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

विश्वकप छनोट : नेपाल आज ओमानविरुद्ध निर्णायक भिडन्तमा



काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया-प्यासिफिक क्षेत्रीय फाइनलको तेस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानविरुद्ध निर्णायक भिडन्त गर्ने तयारी गरेको छ । सुपर-६ चरणमा लगातार दुई खेलमा जित हात पारेको नेपालले आजको खेलमा विजय हासिल गरे तेस्रोपटक विश्वमञ्चमा प्रवेश गर्नेछ ।

हाल नेपाल ६ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल जिते नेपालले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुनिश्चित गर्नेछ । नेपाल र ओमानबीचको खेल बुधबार नेपाली समयअनुसार राति ८:४५ बजेदेखि अल अमेरतमा सुरु हुनेछ ।

ओमानका लागि पनि यो खेल समान रूपमा महत्वपूर्ण छ । ६ अंकसहित शीर्ष स्थानमा रहेको ओमानले नेपाललाई नेट रनरेटमा पछि पार्दै विश्वकप यात्रा पक्का गर्न खोज्दैछ । त्यसैले आजको खेल दुवै टोलीका लागि “जित कि छुट”को अवस्थाको हुनेछ ।

नेपालले यसअघि सुपर-६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १ रनले रोमाञ्चक जित निकालेको थियो भने दोस्रो खेलमा कतारलाई ५ रनले पराजित गरेको थियो । ओमानपछि नेपालले सुपर-६ चरणको अन्तिम खेल समाओविरुद्ध खेल्ने तालिका छ ।

नेपालले हालसम्म दुईपटक टी-२० विश्वकपमा सहभागिता जनाइसकेको छ । पहिलोपटक सन् २०१४ मा बंगलादेशमा पारस खड्काको कप्तानीमा नेपाली टोली विश्वकपमा उत्रिएको थियो । त्यसपछि दशक लामो अन्तरालपछि, सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजित टी-२० विश्वकपमा नेपालले पुनः प्रतिस्पर्धा गरेको थियो, जसमा टोलीको नेतृत्व कप्तान रोहितकुमार पौडेलले सम्हालेका थिए ।

नेपाल आजको खेलमा जित हासिल गर्दै तेस्रोपटक विश्वकपको ढोका खोलेर ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्यमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : २९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले