१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कमिटीको जुनसुकै आदेश मान्न तयार छु, फेसबुकको मान्दिन : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमिटीगत जुनसुकै आदेश मान्न आफु तयार रहेको बताएका छन् । बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई कतिपय पार्टीकै नेताहरूले फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्ने गरेको बताए ।

आफुले नेतृत्व नछाड्ने दृढता ब्यक्त गर्दै उनले आफु हट्नु पर्छ की पर्दैन भन्ने फेसबुकले भन्ने कुरा नभएको स्पष्ट पारे । उनले भने, ‘यो कमिटीले भन्नुपर्छ । यसले भनेका बेला अँध्यारो मुख लाउने वाला छैन । यस कमिटीको आदेशमा जुनसुकै मान्न तयार छु ।’

उनले फेसबुकबाट हट्न भन्दैमा आफु नहट्ने बताए । केही सुरवीरहरूले आफूलाई नेतृत्व छाड्न फेसबुकमार्फत भनेका छन् तर म त्यस्ता कुरा सुन्ने पक्षमा छैन, उनले भने, ‘केही पार्टीभित्र पनि सुरवीरहरुलाई लहड चलेको देख्छु । कसैले मेरो राम्रो बौद्धिक विश्लेषण गर्नेहरूले छोड्दिन्छ । देश अलपत्र पार्छ भन्ने पनि सुनेको छु ।’

आफ्नै पार्टीका नेताहरुलाई लक्षित गर्दै उनले बाहिर गएर, अखबारबाजी गरेर, लोकप्रियतावादका पछि कुदेर नेतृत्व छाड्न गरिएको आग्रह आफूलाई स्वीकार्य नहुने ओलीको भनाइ छ । आफू आफैँ हिँडन् सक्ने अवस्थामा रहेको स्पष्ट पार्दै ओलीले पार्टीकै कतिपय नेताहरूले तपाईंलाई त बोकेर जानै सकिँदैन भनेको आफु सुनेको पनि बताए ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : ५३ बजे

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र