काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटहरू सर्वोच्च अदालतमा दर्ता भएका छन्। ती रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार, बुधबारसम्म नौवटा रिट दर्ता भइसकेका छन्। मंगलबारदेखि औपचारिक रूपमा रिट र मुद्दा दर्ताको प्रक्रिया पुनः सुरु गरेपछि १० वटा रिट पेस भएका थिए, ती मध्ये ९ वटा दर्ता भएका हुन् ।
रिटमाथि सुनुवाइ सर्वोच्चको संवैधानिक इजलासमा हुने छ। संवैधानिक इजलास हरेक बुधबार बस्ने भएकाले आगामी कात्तिक १२ गते (तिहार बिदा सकिएपछि) ती रिटहरूको सुनुवाइ तोकिएको हो।
भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनीपछि रिट दर्ता प्रक्रिया रोकिएको थियो। त्यसपछिका केही दिन बन्दी प्रत्यक्षीकरणका रिट मात्र दर्ता र सुनुवाइ भएका थिए, तर व्यवस्थापनको अभावमा अन्य रिटमाथि सुनुवाइ हुन सकेको थिएन।


















प्रतिक्रिया