५ चैत्र २०८२, बिहिबार | March 19, 2026

प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिट सर्वोच्चमा दर्ता, कात्तिक १२ मा सुनुवाइ



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटहरू सर्वोच्च अदालतमा दर्ता भएका छन्। ती रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता तथा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार, बुधबारसम्म नौवटा रिट दर्ता भइसकेका छन्। मंगलबारदेखि औपचारिक रूपमा रिट र मुद्दा दर्ताको प्रक्रिया पुनः सुरु गरेपछि १० वटा रिट पेस भएका थिए, ती मध्ये ९ वटा दर्ता भएका हुन् ।

रिटमाथि सुनुवाइ सर्वोच्चको संवैधानिक इजलासमा हुने छ। संवैधानिक इजलास हरेक बुधबार बस्ने भएकाले आगामी कात्तिक १२ गते (तिहार बिदा सकिएपछि) ती रिटहरूको सुनुवाइ तोकिएको हो।

भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनीपछि रिट दर्ता प्रक्रिया रोकिएको थियो। त्यसपछिका केही दिन बन्दी प्रत्यक्षीकरणका रिट मात्र दर्ता र सुनुवाइ भएका थिए, तर व्यवस्थापनको अभावमा अन्य रिटमाथि सुनुवाइ हुन सकेको थिएन।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ५ : ०७ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर