१० माघ २०८२, शनिबार | January 24, 2026

च्याम्पियन बन्ने लक्ष्यसहित नेपाल आज सामाओसँग खेल्दै



काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर-६ मा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दै छ । लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेल सामाओविरुद्ध खेल्दै छ । नेपालले सामाओविरुद्ध जित निकाले विश्वकपको टिकट प्रतियोगिताको उपाधिसमेत घर ल्याउनेछ ।

दुई खेल अगावै विश्वकपमा स्थान पक्का गरेको नेपाल उपाधिको एक कदम टाढा छ । बुधबार राति बलियो टिम ओमानलाई ३८ रनले हराएपछि नेपालको उपाधि जित्ने सम्भावना अझ बलियो बनेको हो ।

सुपर सिक्सको अंक तालिकामा नेपाल ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः यूएई र ओमान ६-६ अंकसहित छन् । यूएईको खेल सकिए पनि ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आज शुक्रबार सामाओलाई पराजित गर्न सके अपराजित रहँदै १० अंकसहित छनोटको उपाधि हात पार्नेछ । नेपाल, ओमान र यूएईले यसअघि नै विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन् ।

आजको खेल नेपालका लागि फाइनल सरह हुनेछ । नेपाल शीर्ष स्थानमा छ भने सामाओ कुनै अंक बिना पुछारमा छ । कप्तान रोहित पौडेलले ओमानमाथिको जितपछि अबको लक्ष्य उपाधि जित्ने रहेको बताएका छन् ।

तेस्रो पटक विश्वकपमा छनोट भएको नेपाल पहिलो पटक छनोट चरणको उपाधि उचाल्ने तयारीमा छ । उपाधिका लागि नेपालले आज दिउँसो ४:१५ बजे ओमानको अल अमेरात मैदानमा सामाओसँग प्रतिस्पर्धा गर्नेछ ।

यदि नेपालले सामाओलाई पराजित गर्न सके उपाधि अपराजित रहँदै आफ्नो नाममा राख्नेछ । नेपाल पराजित भई ओमानले जापानलाई हराएमा भने रनरेटका आधारमा शीर्ष स्थानमा रहेको टोली विजेता हुनेछ । तर ओमान जापानसँग पराजित भए नेपालले सामाओसँगको खेल नतिजा जे भए पनि उपाधि जित्नेछ ।

जापान र ओमानबीचको खेल आज बिहान ११:४५ बजेबाट सुरु हुँदैछ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : २० बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा