८ आश्विन २०८३, बिहिबार | September 24, 2026

कृष्णभिर नजिकै पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।

धादिङ प्रहरीले दिएको जानकारीअनुसार बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरबाट करिब १०० मिटर अगाडि शुक्रबार बिहान लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।

यस्तै, बेनीघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ ।

गत भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गरेपछि पृथ्वी राजमार्ग १८ दिनसम्म अवरुद्ध भएको थियो ।

कृष्णभिरमा नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि राजमार्गमा यात्रा गर्ने सवारीसाधनलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ७ : २९ बजे

भारी वर्षाको सम्भावनापछि गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय दुई दिन बन्द

गुल्मी । सम्भावित भारी वर्षाका कारण गुल्मीको कालीगण्डकी गाउँपालिकाले गाउँपालिकाभित्रका

प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात्

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका

एसियाली खेलकुदमा पुरुष क्रिकेट आजदेखि, नेपालले भोलि अफगानिस्तानसँग खेल्ने

काठमाडौं । २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका खेल आजदेखि

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, पाँच संसदीय समितिको पनि बैठक

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।