१७ माघ २०८२, शनिबार | January 31, 2026

विपिन जोशीको शव घर पुग्यो, मालिकार्जुन टोल शोकमा, गरेनन् दीपावली



कञ्चनपुर । प्यालेस्टिनी लडाकु समूह ‘हमास’को नियन्त्रणमा रहँदा ज्यान गुमाएका कञ्चनपुरका स्थानीय विपिन जोशीको शव उनकै घर पुर्‍याइएको छ । नेपाली सेनाको एक टोलीले विपिनको शवलाई सोमबार राति करिब सवा ८ बजे धनगढी हुँदै भीमदत्त नगरपालिका–३, मालिकार्जुन टोलस्थित उनको घरमा पुर्‍याएको हो ।

सोमबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरमा शव ल्याउँदा सयौँको संख्यामा उपिस्थित आफन्त र स्थानीय भक्कानिएका थिए ।

धनगढी उपमहानगरपालिकाको ‘महाप्रस्थान बाहन’ बाट काठको बाकसमा बन्द विपिनको शव आँगनमा झरेसँगै धेरैजनाले आँसु थाम्न सकेनन् ।

सोमबार लक्ष्मी पूजा तथा दीपावलीको दिन भए पनि विपिनको शव आउने भएपछि छिमेकीहरू दीपावली नै नगरी बसेका थिए । आज सो बस्तीमा कसैलेपनि दीपावली गरेनन् ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये दश जना नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए।

हमासले फालेको ग्रिनेड समातेर हमासतिरै फालेका उनलाई सो समूहले बन्धक बनाएर लगेको थियो।

विपिनको अन्त्येष्टि मंगलबार गरिनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : ५७ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले