४ आश्विन २०८३, आइतबार | September 21, 2026

प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक



काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वदलीय बैठक बसेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकमा १० राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन् ।

प्रधानमन्त्री कार्की आगामी निर्वाचनको तयारीका विषयमा राजनीतिक दलहरूसँग छलफल छलफल गर्न प्रधानमन्त्रीले यो बैठक आह्वान गरेकी हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीले दलहरुका प्रतिनिधिबाहेक विद्याधर मल्लिक र केदारभक्त माथेमालाई पर्यवेक्षकको रुपमा सहभागी गराएकी छिन् ।

बैठकमा कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भएका छन् । यस्तै, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी छन् भने राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ रहेकाछन् ।

जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी भएकाछन् । यस्तै, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, जनमतका चन्दन सिंह सहभागी छन् ।

 

 

 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ४ : ५० बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन