२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उनले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र सन्देशलाई आत्मसात् गर्न सबैलाई आग्रह गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले नेपालीहरूको मौलिक सांस्कृतिक चाड तिहारले मानव, प्रकृति र प्राणी जगत्बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताए । उनले दिदीबहिनी र दाजुभाइबीचको स्नेह, सामाजिक एकता र सामूहिक उत्तरदायित्वलाई सुदृढ बनाउन तिहारले महत्त्वपूर्ण भूमिका खेलेको उनले विश्वास व्यक्त गरे ।

देउसीभैलोका क्रममा सङ्कलित रकमबाट समाजोपयोगी र रचनात्मक कार्य गर्ने परम्परा हाम्रो साझा सांस्कृतिक सम्पदा भएको भन्दै मुख्यमन्त्री आचार्यले त्यसको संरक्षण र जगेर्ना गर्नु सबैको दायित्व भएको बताए ।

शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले तिहारको मूल्य र मान्यता अनुशासन, सद्भाव र आपसी सहयोगसँग जोडिएको बताउँदै प्रदेश सरकारले यस्ता सांस्कृतिक पर्वका माध्यमबाट समाज रूपान्तरण र सुशासन प्रवर्द्धनका प्रयासलाई निरन्तरता दिएको उल्लेख गरे ।

उनले प्रदेश सरकारले सुशासनलाई प्राथमिकतामा राख्दै चालु खर्च कटौती, पारदर्शिता अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरणका ठोस कदम चालेको जानकारी दिए । पूर्वविशिष्ट पदाधिकारीका सेवासुविधा खारेजदेखि नै जनउत्तरदायी शासन निर्माणका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले युवापुस्ताको सोच र चाहनालाई आत्मसात् गर्दै आत्मनिर्भरता र नवप्रवर्तनमुखी विकासतर्फ सरकार अघि बढिरहेको बताए । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’को लक्ष्य साकार पार्न कृषि, पशुपालन, उद्यम र रोजगारीलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरे ।

मुलुकमा देखिएका समस्या र चुनौतीहरूको समाधान संविधानको पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने विश्वास प्रदेश सरकारले लिएको भन्दै उनले स्थायित्व, सुशासन र विकासका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

मुख्यमन्त्री आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना बढाउँदै सामाजिक र सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ८ : २० बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।