५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एकको मृत्यु



नवलपुर । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

देउसी भैलो खेल्न आएको युवाहरूको कुटपिटबाट सोही ठाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । बिहीबार राति देउसी भैलो खेल्दै दुमकट्टा गाउँमा पुगेको समूहका केही युवाले नाचगानकै क्रममा सन्तबहादुरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते सन्त बहादुरलाई उपचारका लागि स्थानीय लुम्बिनी मेडिकल सर्दि लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक नेपालले जनाकारी दिए ।

घटनामा संलग्न रहेको आशंकामा तीन युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाले बताए । पक्राउ पर्नेहरूमा विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टाका १९ वर्षीय रिङकु गुरुङ, २० वर्षीय धरन पाइजा मगर र एक जना १७ वर्षीय किशोर रहेका छन् । मृतकको शवलाई पोस्टमार्टमका लागी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ३ : ३२ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको