२१ मंसिर २०८२, आइतबार | December 7, 2025

जेनजी आन्दोलनमा घाइते देउवा दम्पती थप उपचारका लागि सिंगापुर प्रस्थान



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनमा घाइते भएपछि थप उपचारका लागि सोमबार राति सिंगापुर प्रस्थान गरेका छन् । उनी पत्नी तथा सांसद डा. आरजु राणा देउवासहित सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ गएका हुन् ।

भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा देउवा दम्पती घाइते भएका थिए । सुरक्षाकर्मीले उद्धार गरी उनीहरूलाई तत्कालै नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा पुर्‍याइएको थियो ।

कांग्रेस नेताहरूका अनुसार, घटनामा देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा सक्रिय देखिएका छैनन् । असोज २८ गते उनी केन्द्रीय कार्यालयमा छोटो उपस्थित भएपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

निकट स्रोतका अनुसार, देउवा दम्पती सिंगापुरमा केही समय बस्दै स्वास्थ्य परीक्षण र आवश्यक उपचार गराउने योजना राखेका छन् । यसअघि पनि उनीहरू उपचारका सिलसिलामा सिंगापुर गइरहेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : २७ बजे

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक