६ श्रावण २०८३, बुधबार | July 22, 2026

जेनजी आन्दोलनमा घाइते देउवा दम्पती थप उपचारका लागि सिंगापुर प्रस्थान



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनमा घाइते भएपछि थप उपचारका लागि सोमबार राति सिंगापुर प्रस्थान गरेका छन् । उनी पत्नी तथा सांसद डा. आरजु राणा देउवासहित सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ गएका हुन् ।

भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित देउवा निवासमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा देउवा दम्पती घाइते भएका थिए । सुरक्षाकर्मीले उद्धार गरी उनीहरूलाई तत्कालै नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा पुर्‍याइएको थियो ।

कांग्रेस नेताहरूका अनुसार, घटनामा देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा सक्रिय देखिएका छैनन् । असोज २८ गते उनी केन्द्रीय कार्यालयमा छोटो उपस्थित भएपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

निकट स्रोतका अनुसार, देउवा दम्पती सिंगापुरमा केही समय बस्दै स्वास्थ्य परीक्षण र आवश्यक उपचार गराउने योजना राखेका छन् । यसअघि पनि उनीहरू उपचारका सिलसिलामा सिंगापुर गइरहेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : २७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क