१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

विप्लवलाई राजन दाहालको प्रश्न : “यदि यही बाटोमा फर्कनु थियो भने पार्टी किन विभाजन गरियो ?”



काठमाडौं । माओवादी युवा नेता राजन दाहालले नेत्र विक्रम चन्द ‘विप्लव’लाई लक्षित गर्दै तीव्र प्रश्नवाण प्रहार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत दाहालले विप्लव पक्षको हालको राजनीतिक दिशालाई प्रश्न गर्दै पार्टी विभाजनदेखि लिएर वैचारिक र संगठनात्मक विचलनसम्मका विषयमा कठोर टिप्पणी गरेका हुन् ।

दाहालले लेखेका छन्, “अन्ततः यही बाटोमा आउनु थियो भने जनविश्वास आर्जन गरेको एकताबद्ध र मजबूत केन्द्रीकरण भएको पार्टी किन विभाजित गरेको ? नेता, कार्यकर्ता र जनताको मनोविज्ञान किन विभाजित गरेको ? श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड लगायत माओवादी नेताहरूलाई मार्न बम किन बिछ्याएको ?”

उनले विप्लव पक्षले अघिल्ला वर्षहरूमा माओवादी केन्द्रविरुद्ध गरेको राजनीतिक कार्यशैली र व्यवहारलाई पनि आलोचना गरेका छन् । “अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागियो ? आफ्नै पार्टीको केन्द्रीय समितिको बहुमत निर्णय अस्वीकार गरी लेनिनवादी संगठनात्मक पद्दति तोड्दा नेकपा बहुमत बनाउनु पर्ने बाध्यता किन सिर्जना भयो ?” दाहालले प्रश्न उठाएका छन् ।

उनका अनुसार अहिले फेरि माओवादीसँग पुनः नजिकिने संकेत देखिँदै गर्दा विगतका गल्तीहरूको आत्मसमीक्षा अपरिहार्य छ । उनले लेखेका छन्, “वार्ता टोलीमा नाम र चुनाव चिन्हका बारेमा छलफल र निष्कर्षमा पुग्न लाग्दा छलफलमै आएको नाम लिएर निर्वाचन आयोगमा दल दर्ता किन गरियो ? यहीबीचमा दर्जनौं पटक राजावादीहरूसँग गोप्य वार्तामा बस्नुको कारण के हो ?”

दाहालले इतिहासप्रति न्याय गर्नका लागि आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्ति आवश्यक रहेको उल्लेख गरेका छन् । “इतिहास प्रति न्याय गर्न पनि आत्मसमिक्षा र कमजोरीको स्वीकारोक्ति त गर्नु पर्ला नि,” उनले लेखेका छन् ।

राजन दाहालको उक्त अभिव्यक्तिलाई राजनीतिक वृत्तमा विप्लव समूहको पछिल्लो गतिविधि र माओवादीसँग सम्भावित एकताका संकेतसँग जोडेर हेरिएको छ । दाहाल माओवादी भित्रका ती युवा नेतामध्ये एक हुन्, जसले संगठनभित्र वैचारिक स्पष्टता र एकता आवश्यक रहेको धारणा राख्दै आएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ९ : १५ बजे

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी