११ असार २०८३, बिहिबार | June 25, 2026

कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठन सहितको एकता आवश्यक : नारायणकाजी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनको रुपान्तरण, एकीकरण र पुनर्गठनलाई आजको आवश्यकता भएको बताएका छन् ।

श्रेष्ठले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच चलिरहेको पार्टी एकता प्रक्रियाबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै एकतालाई हतारमा नभई गहिरो रुपान्तरणसहित अघि बढाउन आग्रह गरेका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक, सांस्कृतिक रुपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो । तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले माग गरे अनुसारको रुपान्तरण र पुनर्गठन सहितको एकीकरणको रुपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ ।”

उनका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता प्रयासलाई पनि यही दृष्टिकोणबाट हेरिनु आवश्यक छ । उनले भनेका छन्, “हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनु पर्दछ । हाम्रो पार्टीले नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरेको हो ।”

तर श्रेष्ठले उक्त एकतालाई मात्र दुई पार्टीबीचको मिलनको रूपमा नभई समग्र कम्युनिष्ट आन्दोलनको पुनर्गठन अभियानको प्रस्थान बिन्दु बनाउनुपर्ने बताएका छन् । “यो एकता प्रक्रियाले समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नुपर्छ र सम्बन्धित पार्टीहरू विभाजित भएर होइन, समष्टिरूपमै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ,” श्रेष्ठले लेखेका छन् ।

उनले एकता प्रक्रियामा धैर्य, संयम र दूरदृष्टि आवश्यक रहेको उल्लेख गर्दै चेतावनी दिएका छन् – “हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔं ।”

 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १० : ५४ बजे

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा

‘निजी अस्पताल र बैंक तथा वित्तीय संस्थामा श्रम शोषण’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल,

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान