२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ गर्न पाँच सदस्यीय संवैधानिक इजलास गठन



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरूको सुनुवाइका लागि सर्वोच्च अदालतले पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेको छ।

सर्वोच्चले बुधबारदेखि रिटहरूको सुनुवाइ प्रारम्भ गर्नुअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलास गठन गरेका हुन् । प्रधानन्यायाधीश राउतको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् । राउतले वरिष्ठताको आधारमा इजलासको संरचना तय गरेका हुन्।

प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दाबी गर्दै सर्वोच्चमा १६ वटा रिट दर्ता भएका छन्। जेनजी आन्दोलनको दबाबमा राष्ट्रपति रामचन्द्र पौडेलले आफुमा अन्तरनिहित अधिकारको प्रयोग गर्दे सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए । सोही सरकारको सिफासिरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।

 

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ११ : ११ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय