१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जेनजी आन्दोलन जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको दायर रिटमा कारण देखाउ आदेश जारी



काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको क्रममा भएको दमन र विध्वंसको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश नृपध्वज निरौलाको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै विपक्षीलाई छलफलका लागि झिकाउने आदेश समेत दिएको हो।

अधिवक्ता विपिन ढकालले दायर गरेको रिटमा आयोगका अध्यक्ष कार्की र सदस्य शर्मा जाँचबुझको विषयमा सार्वजनिक रूपमा धारणा व्यक्त गरेर पूर्वाग्रही व्यवहार देखाएको दाबी गरिएको छ।

रिट निवेदनमा आयोगका पदाधिकारीहरूले न्यायिक मनले निष्पक्ष रूपमा काम गर्नुपर्नेमा उनीहरूले घटनाबारे पहिले नै मत व्यक्त गरिसकेकाले निष्पक्ष छानबिन हुन नसक्ने उल्लेख गरिएको छ।

आयोगका पदाधिकारीहरूलाई अन्तरिम आदेश जारी गरी काम गर्न रोक लगाउन रिटमा माग गरिएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : २२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा