४ चैत्र २०८२, बुधबार | March 18, 2026

विश्वकप लिग-२ मा आज नेपाल यूएईसँग भिड्दै



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुँदैछ ।

लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ । लगातार जित हासिल गरेको अमेरिकाले नेपाल र यूएई दुवैलाई पराजित गरेपछि तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा अमेरिकाले यूएईलाई चार विकेटले हराएको थियो । यसअघि पहिलो खेलमा अमेरिकाले नेपालमाथि १०६ रनको फराकिलो जित निकालेको थियो ।

अमेरिकाविरुद्धको खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाललाई आज घरेलु टोली यूएईलाई हराउन अतिरिक्त मिहिनेत गर्नुपर्ने देखिन्छ ।

नेपालले यूएईसँगको आजको खेलपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार यूएईसँग खेल्नेछ ।

विश्वकप लिग-२ मा अहिलेसम्म १७ खेल खेलेको नेपालले १२ अंक जोडेको छ । समान खेल खेलेको यूएईको ६ अंक रहेको छ । हाल तालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ ।

२२ खेल खेलिसकेको अमेरिका भने ३२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ७ : २३ बजे

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको

सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार