८ माघ २०८२, बिहिबार | January 22, 2026

विश्वकप लिग-२ मा आज नेपाल यूएईसँग भिड्दै



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुँदैछ ।

लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ । लगातार जित हासिल गरेको अमेरिकाले नेपाल र यूएई दुवैलाई पराजित गरेपछि तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा अमेरिकाले यूएईलाई चार विकेटले हराएको थियो । यसअघि पहिलो खेलमा अमेरिकाले नेपालमाथि १०६ रनको फराकिलो जित निकालेको थियो ।

अमेरिकाविरुद्धको खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाललाई आज घरेलु टोली यूएईलाई हराउन अतिरिक्त मिहिनेत गर्नुपर्ने देखिन्छ ।

नेपालले यूएईसँगको आजको खेलपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार यूएईसँग खेल्नेछ ।

विश्वकप लिग-२ मा अहिलेसम्म १७ खेल खेलेको नेपालले १२ अंक जोडेको छ । समान खेल खेलेको यूएईको ६ अंक रहेको छ । हाल तालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ ।

२२ खेल खेलिसकेको अमेरिका भने ३२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ७ : २३ बजे

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६औँ चार्टर नाइट सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २६ औँ चार्टर

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको