४ चैत्र २०८२, बुधबार | March 18, 2026

पुष १६ भित्र महाधिवेशन सम्पन्न हुनुपर्ने कांग्रेस संस्थापन इतर समुहको निस्कर्ष



काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचनभन्दा अगावै पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ।

नियमित महाधिवेशनको कार्यतालिका ल्याएर पार्टीभित्रको गतिरोध हटाउने विषयमा नेता डा. शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका हुन् ।विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेला भएका संस्थापन इतर नेताहरुले आगामी पुषको दोस्रो साता १५औं महाधिवेशनको मिति तोक्नुपर्ने निस्कर्ष निकालेका छन् ।

फागुन २१को चुनावअघि नै महाधिवेशन आयोजना गरिसक्नुपर्ने उनीहरुको बीचमा सहमति बनेको छ । संभवत पुष १६ सम्म महाधिवेशन सम्पन्न हुनेगरी मिति तोक्ने प्रस्ताव हुन्छ, बैठकपछि एक नेताले बताए ।

छलफलमा नेता कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि नियमित महाधिवेशनकै पक्षमा दबाब बढाउन आग्रह गरेका थिए ।

आजको बैठकमा कोइरालासँग अलग्गिएर आफ्नै गुट बनाएका महामन्त्री गगन थापा अर्का महामन्त्री विश्वप्रकाश शर्माको समेत उपस्थिति थियो । पार्टी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री थापाले महाधिवेशनको मिति तोक्ने जिम्मा पाएका छन् । तर पार्टीको संस्थापन पक्षले भने चुनावअघि महाधिवेशन हुन नसक्ने जिकिर गर्दै आएको छ ।

संस्थापन इतको बैठकपछि आजै महामन्त्रीद्यले पार्टीका कार्यबहाक सभापति पूर्णबहादुर खड्कासँग छलफल गर्ने सहमति भएको छ ।

बैठकमा महामन्त्रीद्य बाहेक नेता कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहितका नेताहरू सहभागी थिए।

 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : ५८ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी