४ चैत्र २०८२, बुधबार | March 18, 2026

विश्वकप लिग-२ : आज नेपाल र अमेरिकाबीच खेल हुँदै



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिकाबीच पुनः प्रतिस्पर्धा हुँदैछ । खेल दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट सुरू हुनेछ ।

यस सिरिजमा नेपालले सुरुवाती दुई खेलमा निराशाजनक हार बेहोरेको छ । पहिलो खेलमा नेपाल १०६ रनले अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा युएईले नेपाललाई ५ विकेटले पराजित गरेको थियो । अर्कोतर्फ, अमेरिकाले भने नेपाल र युएई दुवैविरुद्ध विजयी सुरुवात गर्दै लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ ।

आइसीसी एकदिवसीय वरियतामा नेपाल हाल १७ औँ स्थानमा छ भने अमेरिका १४ औँ स्थानमा रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र अमेरिका अहिलेसम्म १० पटक आमनेसामने भएका छन्, जसमा अमेरिकाले ५ खेल जितेको छ, नेपालले ४ खेलमा जित हासिल गरेको छ र एक खेल टाई भएको छ ।

विश्वकप लिग-२ को हालसम्मको अंकतालिकामा अमेरिका २२ खेलमा ३२ अंकसहित शीर्ष स्थानमा छ भने नेपालले १८ खेल खेल्दै ५ जित, २ बराबरी र ११ हारका साथ अंकतालिकामा पछाडि रहेको छ ।

यस सिरिजका लागि नेपाली टोलीमा कप्तान रोहित पौडेलको नेतृत्वमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म आयोजना हुने यस त्रिकोणात्मक सिरिजमा नेपाल, अमेरिका र युएईबीच प्रतिस्पर्धा हुनेछ । यसअघि नेपालले अमेरिकासँग र युएईसँग हार बेहोरेको हुँदा आजको खेल नेपालका लागि पुनरागमन र आत्मविश्वास पुनःस्थापना गर्ने अवसरका रूपमा रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ८ : ०२ बजे

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी