४ चैत्र २०८२, बुधबार | March 18, 2026

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै, एकीकृत समाजवादीसँग एकताबारे छलफल गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीलगायत वामपन्थी दलहरूसँग एकतासम्बन्धी विषयमा छलफल हुने बताइएको छ । साथै, सम्भावित एकता प्रक्रियापछि पदहरूको व्यवस्थापन, संगठनात्मक संरचना र कार्यदिशा निर्धारणका विषयमा पनि बैठकले निर्णय गर्नेछ ।

माओवादी केन्द्रले यो बैठक माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले शुक्रबार केन्द्रीय समिति बैठकमार्फत माओवादीसँग एकता गर्ने निर्णय गरेपछि बोलाएको हो ।

बैठकबाट वाम एकता प्रक्रियालाई औपचारिक रुप दिन सकिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : ०८ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। आगामी

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन रास्वपा सांसदहरूलाई रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगन्ज । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।