८ माघ २०८२, बिहिबार | January 22, 2026

आईसीसी विश्वकप लिग-२ मा नेपाल लगातार तेस्रो खेलमा पराजित, अमेरिकासँग चार विकेटले हार



काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय बेहोरेको छ ।

शनिबार अमेरिकासँग चार विकेटले पराजित भएसँगै नेपाल यस भ्रमणमा अहिलेसम्म अंकविहीन बनेको छ । अब नेपालको एक मात्र खेल यूएईसँग बाँकी छ । अन्तिम खेलमा जित हासिल गरे नेपालले २ अंक बटुल्नेछ, हारेमा भने अंकविहीन हुँदै फर्किनेछ ।

शुक्रबारको खेलमा २७२ रनको चुनौतीपूर्ण लक्ष्य दिए पनि बलिङ र फिल्डिङमा कमजोरी देखिँदा नेपाल ६ बल बाँकी रहँदै चार विकेटले पराजित भयो ।

अमेरिकाको जितमा साइतेजा मुक्कमल्लाले उत्कृष्ट ब्याटिङ गर्दै ७५ रन बनाए भने मिलिन्द कुमारले ७० रनको योगदान दिए । यस्तै सायन जहांगिरले ३६, मोनांक पटेलले २१, सुभम रनजनीले १९, समित पटेलले १६ र हरमित सिंहले १३ रन जोडे ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, करण केसी र गुलशन झाले १/१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रनको सम्मानजनक योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै करण केसीले आक्रामक प्रदर्शन गर्दै ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रन बनाए । कुशल भुर्तेलले ४७ रन, भीम सार्कीले ४३ रन र कप्तान रोहितकुमार पौडेलले ३६ रनको योगदान दिए ।

बलिङमा अमेरिकाका हरमित सिंहले सर्वाधिक ३ विकेट लिए भने सौरभ नेत्रभालकर र नोस्तुज केन्जीले २/२ तथा जसदीप सिंह र सुभम रनजनीले १/१ विकेट हात पारे ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : ३५ बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको