१३ भदौ २०८३, शनिबार | August 29, 2026

जाँचबुझ आयोगको वैधानिकतामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

मुद्दा पूर्ण इजलासमा पठाइयो



काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

‘जेनजी आन्दोलन’ सम्बन्धी घटनाको छानबिनका लागि गठित आयोगको वैधानिकतामा प्रश्न उठाएर अधिवक्ता विपीन ढकालले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अधिवक्ता ढकालले कात्तिक ११ गते दायर गरेको उक्त रिटमा कात्तिक १२ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेशबारे छलफलका लागि सोमबार सुनुवाइ तोकेको थियो।

सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दा अन्तिम आदेशमा ठहरिने निर्णय गरेको हो। संयुक्त इजलासले मुद्दालाई पूर्ण इजलासमा पेश गर्ने आदेश जारी गरेको हो।

अदालतले रिटमा उठाइएका विषय गम्भीर प्रकृतिका रहेको ठहर गर्दै यसमा ठूला संवैधानिक प्रश्नहरू संलग्न भएको उल्लेख गरेको छ।

अधिवक्ता ढकालले आयोगका अध्यक्ष कार्कीले नियुक्ति हुनुअघि नै आन्दोलनमा संलग्न व्यक्तिहरूलाई कसरी कारबाही गर्ने भन्ने धारणा सार्वजनिक गरेको र नियुक्तिपछि त्यही पूर्वधारणाअनुसार काम गरेको आरोप लगाउँदै आयोगको वैधानिकता चुनौतिसहित रिट दायर गरेका थिए।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : ४४ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण