४ चैत्र २०८२, बुधबार | March 18, 2026

सरकारद्वारा ‘जेनजी आन्दोलन’का ४५ जना मृतकलाई शहीद घोषणा



काठमाडौं । सरकारले ‘जेनजी आन्दोलन’का क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा मृत्यु भएका ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गृह मन्त्रालय अन्तर्गतको अध्ययन समिति, सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयबाट संकलित विवरणका आधारमा ती ४५ जनालाई शहीद घोषणा गरिएको बताए।

‘सम्बन्धित निकायहरूको प्रतिवेदनका आधारमा ४५ जनालाई शहीद घोषणा गरिएको हो, अन्य व्यक्तिबारे थप अध्ययन गरिँदै छैन,’ मन्त्री खरेलले भने।

मन्त्रिपरिषद्को निर्णयअनुसार अब ती शहीदहरुको नाम छिट्टै राजपत्रमा प्रकाशित हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : ५५ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ ।

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका