काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नयाँ राजनीतिक अभियान ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् । मंगलबार (कात्तिक १८) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले उक्त अभियानको घोषणा गरेका हुन् ।
शर्माले अभियान पारदर्शिता, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका अधिकार संरक्षणप्रति प्रतिबद्ध रहने उद्देश्यले अघि बढाइएको बताए । उनले हालको राजनीतिलाई व्यापारका रूपमा बुझ्न थालिएको भन्दै त्यसको विरोधमा यो अभियान सुरु गरिएको स्पष्ट पारे ।
पत्रकार सम्मेलनमा माओवादीका नेता राम कार्की र अन्जना विशुंखे पनि शर्मासँग उपस्थित थिए ।
यता, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दलबीच पार्टी एकताको सहमति भएको अवस्थामा शर्मा भने त्यसका विपक्षमा उभिएका छन् । उनले आफू उक्त एकता प्रक्रियामा संलग्न नहुने घोषणा गरिसकेका छन् ।


















प्रतिक्रिया