१५ माघ २०८२, बिहिबार | January 30, 2026

‘निराशा चिर्दै प्रगतिशील दिशामा जनतालाई गोलबन्द गर्नुपर्छ’



काठमाडौँ । कम्युनिष्ट पार्टी नेपालका महासचिव नेत्रबिक्रम चन्द विप्लव, विघटित नेकपा (एकीकृत समाजावादी)का तत्कालिन महासचिव घनश्याम भुसाल र प्रगतिशील अभियानका अगुवा जनार्दन शर्माले वर्तमानको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु ज्वलन्त कार्यभार बनेको निष्कर्ष निकालेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, प्रगतीशील अभियानका अगुवा शर्मा प्रभाकर र विघटित नेकपा (एकीकृत समाजावादी)का तत्कालिन महासचिव भुसालबीच आज भएको बैठकपछि विज्ञप्ति जारी गर्दै सो निष्कर्ष निकालेका हुन् । नेता प्रभाकार, महासचिवद्वय भुसाल र चन्दबीच भएको छलफलले नयाँ गन्तव्यमा पुग्नका लागि पुरानैबाट भन्दा नयाँ बाटोबाटै हिँड्नुपर्ने निष्कर्ष निकालेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तीनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ, पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ ।”

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  १० : २६ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला