१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बराहक्षेत्रमा खोरेत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु



धरान । बराहक्षेत्र नगरपालिकाले गाईभैँसीमा देखिने खोरेत रोग नियन्त्रणका लागि नगर क्षेत्रभर निःशुल्क खोप अभियान सुरु गरेको छ । ‘गाईभैँसीमा खोरेत रोगविरुद्धको निःशुल्क खोप लगाऔँ, पशुजन्य उत्पादनको निर्यातमा टेवा पु¥याई कृषकलाई आर्थिक रूपमा समृद्ध बनाऔँ’ भन्ने नाराका साथ यही कात्तिक २३ गतेदेखि सुरु गरिएको अभियान आगामी मङ्सिर २३ गतेसम्म नगरका सबै वडामा सञ्चालन हुने नगर प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनले कृषि तथा पशुपालन क्षेत्र नगरको अर्थतन्त्रको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै खोरेत नियन्त्रण अभियानले कृषकको उत्पादन वृद्धि, पशु स्वास्थ्य सुरक्षा साथै आयआर्जनमा सकारात्मक प्रभाव पार्ने बताए । उनले भने, “नगरपालिकाले प्राथमिकता दिएका क्षेत्रमध्ये पशुपालन महत्वपूर्ण छ, हामी कृषकलाई आत्मनिर्भर बनाउँदै कृषिजन्य उत्पादनलाई बजारसम्म पु¥याउने वातावरण निर्माणमा प्रतिबद्ध छौँ ।”

नगरपालिकाको पशु सेवा शाखाका प्रमुख विमल अधिकारीका अनुसार अभियानबाट नगरभित्र रहेका पशुपालक कृषकलाई खोरेत रोग नियन्त्रणमा ठुलो सहयोग पुग्ने बताए । यो अभियान भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र इनरुवा, उद्योग, कृषि तथा पशुपन्छी मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरको सहयोगमा तथा नगरपालिकाको पशु सेवा शाखा चक्रघट्टी सुनसरीको आयोजनामा सञ्चालन गरिएको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ३ : २२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले