७ माघ २०८२, बुधबार | January 21, 2026

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना



काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन ‘फोकल युनिट’ स्थापना गरेको छ ।

मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत स्थापना गरिएको उक्त युनिटले विदेशी लगानीका विषयमा अन्य मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग समन्वय सुदृढ गर्ने जिम्मेवारी पाउनेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष रूपमा सम्बन्धित बैंकिङ, राजस्व र अन्य सरोकारका विषयहरूमा आवश्यक समन्वय तथा सहजीकरण यही युनिटमार्फत हुनेछ ।

उक्त युनिटले लगानी प्रवाहमा देखिने अवरोध हटाउन र समयमै सेवा प्रवाह सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : २६ बजे

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व