२ चैत्र २०८२, सोमबार | March 16, 2026

रुपन्देही व्यापार संघका उम्मेदवारी दर्ता, केही पदाधिकारीमा एकल उम्मेदवारी



बुटवल । रुपन्देही व्यापार संघको २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशन अन्तरगत आगामी नेतृत्व चयनका लागि मिश्रित उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यत्रम अन्तरगत सोमवार उम्मेदवारी दर्ता समय तालिका अनुसार केहि पदमा दोहोरो उम्मेदवारी परेको छ भने केहि पदहरुमा एकल उम्मेदवारी परेको हो ।

जस अनुसार अध्यक्षमा प्रकाश ढकाल र दयानीधि भण्डारीको उम्मेदवारी दर्ता भएको छ । वरिष्ठ उपाध्यक्षमा फर्सुराम पन्त र प्रेमनाथ पाण्डे, द्वितिय उपाध्यक्षमा मनिराम खनाल (मणी) र मनहरि वस्याल, सचिवमा मेघनाथ पौडेल र जयलाल न्यौपाने, सहसचिवमा माधवप्रसाद ज्ञवाली र नलराज नेपालको उम्मेदवारी परेको छ ।

यसैगरि प्रथम उपाध्यक्षमा ऋषिराम पाण्डे, महासचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा अर्जुन भट्टराई, सचिव महिलामा बृन्दा भट्टराई आचार्य, सहकोषाध्यक्षमा जिवनारायण घिमिरेको एकल उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक लेखनाथ ढकालले जानकारी दिए ।

यसैगरि २ जना महिला सदस्यमा शोभाकुमारी जोशी क्षेत्री र इश्वरा देवकोटा (इशु) मात्र उम्मेदवारी परेको छ । फर्साटिकर शाखा सदस्यमा तिलक आचार्य, सालझण्डी शाखामा कुलबहादुर विसी, सेमलार शाखामा देवी शर्मा चपाई र सम्बद्ध शाखा सदस्यमा हरि बहादुर सुनारको मात्र उम्मेदवारी पर्दा भएको छ ।

कार्य समितिको खुल्ला १६ सदस्य पदका लागि १८ जनाको उम्मेवारी दर्ता भएको छ । जसमा पिताम्बर अर्याल, तेजेन्द्र सापकोटा, घनश्याम भुसाल, गोकुल ज्ञवाली, टेकराज पन्थी (पन्थी टेर्डस), गोविन्दप्रसाद चापागाई, टेकराज पन्थी (सिदार्थ डिजिटल), विजय ज्ञवाली, जिवन काफ्ले, लक्ष्मी भट्टराई, सरोजकुमार गहतराज, अशोक ज्ञवाली, नारायण वस्याल, पारसमणि पोखरेल, मिनप्रसाद नेपाल, मुरारीराज भण्डारी, केदार नेपाल, सरोज ज्ञवाली रहेका छन ।

मंगलबार साझ ५ बजेसम्म उम्मेदवारी फिर्ता गने निर्वाचन कार्य तालिका अनुसार आगमी मंसिर ५ गते मतदानको समय रहेको छ । संघमा कुल २५ सय ७८ मतदाता संख्या रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ३९ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र