२९ भदौ २०८३, सोमबार | September 14, 2026

‘वैधता नपाउने चुनावको अर्थ छैन’- एमाले महासचिव पोखरेल



बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले आगामी फागुन २१ मा घोषित निर्वाचन गर्न कुनै तयारी नगरेको दाबी गरेका छन् । उनले निर्वाचन आयोगले मितिमात्र घोषणा गरेर चुनाव हुनेछ भन्नेमा भ्रम नछर्न आग्रह गर्दै “चुनावका नाममा झूटो प्रचार गरिँदैछ, सरकारको गतिविधि निर्वाचनमुखी छैन” भने ।

प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले एमाले चुनावबाट कहिल्यै नभागेको दावी गरे । उनले अहिलेको संवैधानिक संकटको समाधान प्रतिनिधिसभा पुनस्थापनाबाट मात्रै हुने ठहराएका छन् । “चुनावबाट भाग्ने कुरा होइन, तर असंवैधानिक सरकारको निर्देशनमा हुने गैरवैधानिक चुनाव स्विकार्य हुँदैन,” पोखरेलले भने ।

उनका अनुसार अहिलेको स्थानीय सुरक्षा संरचना नै कमजोर भएको कारणले पनि निर्वाचन सम्भव छैन । “प्रहरीसँगबाट हतियार खोसिएका छन्, कैदीबन्दी हातहतियार लिएर हिंडिरहेका छन् । यस्तो अवस्थामा त नागरिक र सुरक्षाकर्मी दुबै त्रसित छन्,” उनले भने । “२०५९ सालको अवैध चुनावजस्तै स्थिति सिर्जना हुने भएकाले एमाले यस्तो जोखिमपूर्ण वातावरणमा चुनाव हुन दिने पक्षमा छैन ।”

महासचिव पोखरेलले वर्तमान सरकार संवाद र सहकार्यबिना निर्वाचनमा जान खोजेको आरोप लगाए । उनले राजनीतिक दलहरूसँग कुनै छलफल र सहमति नगरी सरकार चुनाव गराउन चाहेको देखिएको बताए । “संवाद र सहमति बिना चुनाव सम्भव छैन। संविधान संशोधनसहित सहमतिको आधारमा मात्र अगाडि जानुपर्छ,” पोखरेलको भनाइ थियो ।

उनले संविधान संशोधनमार्फत युवाका माग सम्बोधन गरी अर्ली चुनावमा जान सुझाए । उनले अदालत वा सडक आन्दोलनमार्फत प्रतिनिधिसभा पुनस्थापना हुन सक्छ भन्ने ऐतिहासिक उदाहरण पनि स्मरण गरे ।

गत भदौ २३ र २४ गते भएका हिंसात्मक घटनाबारे बोल्दै पोखरेलले उन घटनालाई “संयोजित अराजकतामुखी गतिविधि” भने । उनले त्यसमा बाह्य हस्तक्षेप तथा ‘डिप स्टेट’को संलग्नता भएको आरोप लगाए । “हिँसाको सूत्र धन्न राजनीतिक नेतृत्वमा मात्र छैन । बाहिरबाट पनि खेल चलिरहेको छ,” उनले भने ।

उनले देश दुई स्थायी राजनीतिक धारमा उभिन नसकेसम्म स्थिरता नआउने विचार राखे । “धेरै दल भएकोले होइन, ठोस नीति र ठोस नेतृत्व भएको दलको खाँचो छ,” उनले जोड दिए । वर्तमान दल दर्ता गर्ने बाढीले देशलाई अस्थिर बनाइरहेको उनको दाबी थियो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ०९ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा