२१ चैत्र २०८२, शनिबार | April 4, 2026

महाधिवेशन तयारीका लागि एमालेको सचिवालय बैठक आज बस्दै



काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बोलाइएको हो ।

पार्टीका सचिव तथा केन्द्रीय कार्यालयका प्रवक्ता डा. भीष्म अधिकारीका अनुसार बैठकमा आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका तयारीसम्बन्धी निर्णय मुख्य एजेन्डा हुनेछ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनसँग सम्बन्धित विभिन्न प्रस्ताव, संरचना तथा व्यवस्थापनका बारेमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुँदैछ । सो अवसरका लागि प्रतिनिधि छनोट मंसिर १३ गते एकैदिन गर्ने निर्णय एमालेले गरिसकेको छ । त्यस्तै, पार्टीले आउँदो शनिबार काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शनबारे पनि बैठकमा समीक्षा तथा तयारी छलफल हुने अधिकारीले बताए ।

पार्टीले हालै प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडक र न्यायालय दुवै माध्यमबाट दबाबमूलक राजनीतिक अभियान अघि बढाइरहेको छ ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको पार्टी कार्यालय मर्मतपछि आज पहिलोपटक च्यासलमै सचिवालय बैठक बस्न लाग्दैछ। यसअघि सचिवालय बैठक अध्यक्ष ओलीको भक्तपुर–गुण्डुस्थित निवासमा बस्ने गरिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ७ : १० बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल