२३ माघ २०८२, शुक्रबार | February 6, 2026

नारायणी पुलमा आज र भोलि राति सवारी आवागमन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह



काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्डमा पर्ने नारायणी नदीको पुल आज (शुक्रबार) र भोलि (शनिबार) राति सवारी आवागमनका लागि बन्द हुने भएको छ ।

नारायणगढ-बुटवल सडक आयोजनाले जारी गरेको सूचनामा चितवन र नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको लेनमा कालोपत्रे (ब्ल्याकटप) कार्य गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको उल्लेख छ ।

आयोजनाका अनुसार दुवै दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुलमा सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिनेछ । निर्धारित समयावधिमा यात्रु तथा चालकहरूले वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक परे तोकिएको स्थानमा सवारी रोकेर पालो पर्खन अनुरोध गरिएको छ ।

आयोजनाले पुलको मर्मत तथा स्तरोन्नति कार्य प्रभावकारी रूपमा सम्पन्न गराउने उद्देश्यले सवारी आवागमन रोकिएको बताएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ७ : ५१ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस