१० माघ २०८२, शनिबार | January 24, 2026

आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल इङ्ल्यान्डसँग



काठमाडौं । आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको हो ।

आईसीसीले सार्वजनिक गरेको खेल तालिकाका अनुसार नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। आईसीसीले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो। समूह ‘सी’मा रहेको नेपालले इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालको फेब्रुअरी ८ मा पहिलो खेल इङ्ल्यान्डसँग हुनेछ भने दोस्रो खेल फेब्रुअरी १२ मा इटालीसँग र तेस्रो खेल फेब्रुअरी १५ मा वेस्ट इन्डिजसँग हुने छ।

लिग चरणको अन्तिम अर्थात चौथो खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल फेब्रुअरी १७ मा हुनेछ। नेपाल खेल्ने चारै खेल मुम्बईमा हुनेछन्।

विश्वकपको पहिलो खेल फेब्रुअरी ७ मा पाकिस्तान र नेदरल्यान्ड प्रतिस्पर्धा हुनेछ। यो खेल कोलोम्बोमा हुनेछ।

यस्तो छ आईसीसी टी-२० विश्वकपको खेल तालिका :

 

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १० : १० बजे

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ : जापानी राजदूत माएदा

काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : डा सिके राउत

सप्तरी । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

‘स्वर्गिय सुशिल कोईरालाको क्षेत्रलाई यसपटक फर्काउँछौं’ : उम्मेदवार कोईराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा नेता सुधान्सु कोइरालाले संविधानका पिता,

मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा