२२ असार २०८३, सोमबार | July 6, 2026

कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुको राष्ट्रिय सभागृहमा भेला



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आह्वानका पक्षधरहरूले राष्ट्रिय सभागृहमा विशेष भेला आयोजना गरेका छन् ।

पुराना वरिष्ठ नेता ओमकार श्रेष्ठको अध्यक्षता भेला आयोजना भैरहेको छ । श्रेष्ठ २०१४ सालमा भएको पहिलो विशेष महाधिवेशनका सहभागी नेतामध्ये एक हुन्।

भेलामा पुराना पुस्तादेखि नयाँ पुस्तासम्मका नेता, जिल्ला सभापति, केन्द्रीय सदस्यहरू तथा संस्थापन र विपक्षी दुबै धारका धेरैजसो नेता उपस्थित छन्।

केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, तारामान गुरूङ र अजयबाबु शिवाकोटी पनि सहभागी छन्।

भेलालाई सम्बोधन गर्दै नेता गुरूराज घिमिरेले केन्द्रीय समिति बैठक डेढ महिनासम्म चले पनि महाधिवेशनको कार्यतालिका अझै निर्धारण हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, “संसारमा सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीले २३ दिनसम्म मात्र बसेको रहेछ। तर हामीले डेढ महिना बिताउँदा पनि निष्कर्ष निकाल्न सकेका छैनौं।”

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि ११ मंसिरमा बस्दैछ । सोही बैठक हुनुअघि विशेष महाधिवेशन पक्षधरहरुले भेला आयोजना गरेर संस्थापन पक्षलाई आफ्नो शक्ति देखाइदिएका छन् । भोलिको बैठकले विशेष महाधिवेशनबारे निर्णय गर्नुपर्ने संस्थापन इतर पक्षले माग गरेका छन् ।

विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई लिखित माग पेश गरिसकेका छन्। कांग्रेस विधानअनुसार प्रस्ताव पेस भएको मितिले तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  २ : ४८ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ