११ भदौ २०८३, बिहिबार | August 27, 2026

निजी अस्पतालमा ‘आमा सुरक्षा’ बन्द भएपछि भेरी अस्पतालमा प्रसूति गराउनेको थेगी नसक्ने चाप



नेपालगन्ज । बाँकेका निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि नेपालगन्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप अत्यधिक बढ्दै गएको छ ।

नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगन्जमा रहेको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए ।

उनले प्रसूति गराउने महिलाको चापले गर्दा कतिपय अवस्थामा भर्ना भएका बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रसूतिका लागि शल्यक्रिया र औषधि, उपचार निःशुल्क हुने भएकाले अस्पतालप्रतिको भरोसा बढ्दै गएको बताए ।

“सरकारी अस्पताल भुइँ मान्छेका लागि नै हो, उहाँहरू बाहिरको अस्पतालमा ठूलो रकम तिर्न सक्नुहुन्न त्यसैले पनि अस्पतालमा चाप बढेको छ”, उनले भने ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत शल्यक्रियादेखि अन्य सबै औषधि र उपचार निःशुल्क हुँदै आएकामा चालु आर्थिक वर्षबाट यहाँका दुई ठूला निजी अस्पतालमा सो कार्यक्रम बन्द हुँदा अधिकांशले प्रसूतिका लागि भेरी अस्पताललाई रोज्ने गरेका छन् । निजी अस्पतालमा प्रसूति सेवा निकै महँगो भएकाले अहिले अधिकांशले भेरी अस्पताल रोजेपछि शय्या र जनशक्ति अभावले समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ । अस्पतालमा सामान्य डेलिभरी दैनिक २० देखि २५ र शल्यक्रिया १२ वटा हुने गरेको मेसु डा सुवेदीले बताए ।

उनले प्रसूतिका लागि आउने बिरामीको चापलाई ध्यानमा राखेर १८ वटा शय्या थप गरिएको तथा केही पोस्टअप बेड थप्दासमेत धान्न नसकेको बताए । उनले तीन सय श्ययाको अस्पतालमा प्रसूतिका लागि ७५ वटा शय्या छुट्याइएको जनाउँदै हाल आएर त्योभन्दा दोब्बर बढी बिरामी आउने गरेकाले सेवा प्रवाहमा समस्या भएको बताए ।

भेरी अस्पतालको प्रसूति सेवा विभागका प्रमुख वरिष्ठ चिकित्सक डा उर्मिला पराजुलीले केही समययता भेरी अस्पतालमा प्रसूति गराउने धेरै बढी आउन थालेकाले उपचारमा समस्या भएको बताइन् । उनले बिरामीको सङ्ख्या अनुपातमा सामान्य बेड, पोस्टअप बेड र जनशक्ति निकै कम भएकाले त्यसतर्फ तत्काल ध्यान दिन आवश्यक रहेको बताइन् ।

नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र नेपालगन्जस्थित सञ्जीवनी अस्पतालले निजीस्तरमा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रम बन्द भएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ९ : ३४ बजे

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानी राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालको उत्तरी क्षेत्रमा

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन