९ माघ २०८२, शुक्रबार | January 23, 2026

न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा भरतपुर अस्पताल प्रथम, भेरी अस्पताल दोस्रो

गजेन्द्रनारायण सिंह र मानसिक अस्पताल कमजोर



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनस्थित भरतपुर अस्पताल देशमै पहिलो स्थानमा पर्न सफल भएको छ । अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल बनेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा। कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गगर्दै सर्वोकृष्ट अंक प्राप्त गरेको जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा बोल्दै उनले मापदण्डमा दोस्रो स्थानमा बाँकेको भेरी अस्पताल ८३ अंक प्राप्त गर्दै दोस्रो र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ७९ अंक पाप्त गर्दै तेस्रो स्थानमा रहेको बताए ।

उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५, डडेल्धुरा अस्पताल ७३ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ७१ अंक प्राप्त गरेका छन् ।

यस्तै, राष्ट्रिय स्तरका प्रमुख अस्पतालहरूमा वीर अस्पतालले ६७, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६४, कोशी अस्पतालले ६३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५९ र नारायणी अस्पतालले ५६ अंक मात्र प्राप्त गरेका छन् ।

मन्त्रालयका अनुसार सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल र पाटनको मानसिक अस्पतालको अवस्था भने निकै कमजोर देखिएको छ । गजेन्द्रनारायण सिंहले जम्मा ३६ अंक प्राप्त गरेको छ । त्यसैगरि मानसिक अस्पतालले ३२ अंक ल्याएर सबैभन्दा कमजोर देखिएको महाशाखा प्रमुख पौडेलले बताए । मात्र मापदण्ड पूरा गरेका छन् ।

न्यूनतम सेवा मापदण्डमा क्लिनिकल सेवा, नर्सिङ सेवा, अस्पताल प्रशासन, संक्रमण नियन्त्रण, औषधि व्यवस्थापनलगायत ९० भन्दा बढी सूचकहरू समावेश गरिने मन्त्रालयले जनाएको छ । उनका अनुसार यस वर्षको मूल्यांकनमा १३ वटा संघीय अस्पतालहरूलाई समेटिएको थियो ।

मन्त्रालयले कम अंक ल्याउने अस्पतालहरूलाई तत्काल सुधार योजना पेश गर्न निर्देशन दिए पौडेलले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ४४ बजे

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक

नेपाल बन्यो लिफ कोलियसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण