१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

दाङको देउखुरीमा आज नेकपाले प्रदेशस्तरीय एकता सन्देश सभा गर्दै



काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले आज दाङको देउखुरीमा एकता सन्देश सभा आयोजना गर्दैछ।

पार्टी गठनपछि प्रदेशस्तरमा सन्देश सभा गर्ने योजनाअनुसार धनगढीमा हिजो पहिलो सभा सम्पन्न गरेको नेकपाले आज लुम्बिनी प्रदेशस्तरीय सभा गर्न लागेको हो ।

सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावल, वर्षमान पुनलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

पार्टीले सातै प्रदेशमा क्रमिक रूपमा सन्देश सभा गर्ने कार्ययोजना सार्वजनिक गरेको छ। भोलि आइतबार गण्डकी प्रदेशको पोखरामा सभा हुने बताइएको छ । यस्तै, विराटनगरमा मंसिर १५ गते सभा आयोजना हुनेछ।

सुर्खेतमा मंसिर १८ गते, जनकपुरमा मंसिर २० गते र हेटौँडामा मंसिर २३ गते सन्देश सभा गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।

प्रकाशित मिति : १३ मंसिर २०८२, शनिबार  ९ : ५४ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने

मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनको अनुरोध

बुटवल । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा टिपरको ठक्करबाट एक स्कुटर चालकको ज्यान

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि