१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेकपाको एकता सन्देश सभा आज पोखरामा



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज आइतबार गण्डकी प्रदेश स्तरीय एकता सन्देशसभा आयोजना गर्दैछ ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल लगातका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पार्टी एकताको सन्देश देशभर सम्प्रेषण गर्न नेकपाले एकता सन्देशसभा गर्दै आएको छ । शुक्रबार धनगढी र शनिबार दाङको लमहीमा नेकपाले गरेको सभामा ठूलो संख्यामा नेता, कार्यकर्ता, समर्थकहरुको उपस्थिति रहेको थियो ।

यस्तै, भोलि सोमबार विराटनगरमा, मंसिर १८ गते सुर्खेतमा, मंसिर २० गते जनकपुरमा र मंसिर २३ गते हेटौँडामा सभा आयोजना गरिने नेकपाले जनाएको छ । यसैगरी मंसिर २९ गते देशभरका सबै स्थानीय तह (पालिकाहरू)मा पनि एकता सन्देश सभा गर्ने तयारी छ।

 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ९ : २९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा