२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो



सिरहा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ-नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ ।

धनगढीमाई-१३ को सेल्फीडाँडाको रूपमासमेत परिचित यो भूगोलमा करिब छ महिनाअघि सडक पिच भएर सहज पहुँच बनेपछि यहाँको पर्यटन चहलपहल ह्वात्तै बढेको स्थानीयवासी बताउँछन् । सडक विस्तारले केवल पर्यटकको आगमन मात्र बढाएको छैन, यसले स्थानीय कृषि उत्पादनलाई धनगढीमाई बजारसम्म सजिलै पु¥याउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

हाल उक्त सडक वडा नं १४ को सर्रे-अम्बाससम्म विस्तार भइसकेको छ, जसले पहाडी बस्तीलाई बजारसँग थप मजबुत रूपमा जोडेको छ । भालटारडाँडामा पुग्ने जो-कसैलाई यहाँको हरियाली, चुरे आसपासका पहाडी बस्ती, चिसो हावा र शान्त वातावरणले मोहित बनाउने गर्दछ । परिवारसहित पिकनिक मनाउन, साथीभाइसँग रमाइलो गर्न, हाइकिङ गर्न तथा मनको थकान मेट्न यहाँ आउनेहरूको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ । पर्यटक आगमनसँगै भालटारमा होटल-रेस्टुराँको सङ्ख्या पनि बढ्दै गएको छ ।

भालटारस्थित भ्यू होटलका सञ्चालक रोशन राई भन्छन, “विगत आठ वर्षदेखि होटल सञ्चालन गरे पनि पहिला खासै मानिस आउँदैनथ्ये । तर पछिल्लो समय पूर्वाधारको विकाससँगै मानिसको उल्लेख्य आगमन हुन थालेको छ । छिमेकी देश भारतबाट समेत पर्यटक आउने गरेका छन् ।”

राईका अनुसार, धेरै पर्यटकले पहिले नै फोन गरेर अर्डर गर्छन्, कोही हिँड्दै-हिँड्दै नै आउने गर्छन् । “यहाँ लोकल कुखुराको स्वाद चाख्न विशेषै पर्यटक आउँछन् । रमाइलो वातावरणमा फ्रेश फिल गर्न आउनेको सङ्ख्या दिनानुदिन बढ्दो छ,” राई थप्छन । होटल व्यवसायीको भनाइमा, सडक राम्रो भएपछि दैनिक रूपमा आउने पर्यटकको सङ्ख्या दोब्बर भएको छ ।

धनगढीमाई नगरपालिका र स्थानीय समुदायले भालटार डाँडालाई व्यवस्थित पर्यटन क्षेत्र बनाउने प्रयासलाई तीव्रता दिइरहेका छन् । वडा नं १३ का वडाध्यक्ष सूर्यमान तामाङले भने, “भालटार डाँडामा पछिल्ला वर्षमा पर्यटकको आकर्षण असाध्यै बढेको छ । त्यसैले हामीले यस क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्य बनाउने लक्ष्यका साथ प्रचारप्रसारदेखि भ्यू-प्वाइन्ट पहिचान, सफाइ अभियान र आवश्यक पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राखेका छौँ ।” नजिकै धनगढीमाई चोकमा पनि सो क्षेत्रको पर्यटन सम्भावनालाई मुख्य केन्द्र बनाउँदै व्यवसाय र यातायात सेवा विस्तार भइरहेको उनले जानकारी दिए ।

सुन्दर भू-आकृति, बढ्दो होटल व्यवसाय, सहज यातायात र बढ्दो आन्तरिक तथा बाह्य पर्यटक आगमनका कारण भालटारडाँडामा ‘मिनी-हिलस्टेशन’ बन्ने सम्भावना अत्यन्त प्रबल देखिएको स्थानीय युवा वीरेन्द्र चौधरीको भनाइ छ । मधेसमै यस्तो रमणीय पहाडी दृश्य पाउन सकिने थोरै ठाउँमध्ये भालटार एक भएकाले स्थानीय तहले यसको प्रवद्र्धन गरी स्थानीयको रोजगारीसँग जोड्न सक्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ८ : २४ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न