१८ माघ २०८२, आइतबार | February 1, 2026

मौद्रिक नीति समीक्षा : स्थायी तरलता सुविधा दर घट्यो, अधिविकर्ष कर्जा सीमा दोब्बर



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै नीतिगत दर तथा स्थायी तरलता सुविधामा समायोजन गरेको छ।

समीक्षा अनुसार नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४।२५ प्रतिशतमा ल्याइएको छ। त्यस्तै, स्थायी तरलता सुविधा दर पनि ६ प्रतिशतबाट झारेर ५.७५ प्रतिशत निर्धारण गरिएको छ। तर ब्याजदर करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर भने पूर्ववत् २.७५ प्रतिशतमै कायम राखिएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा दोब्बर गर्दै ५० लाखबाट १ करोड रुपैयाँ पुर्‍याउने व्यवस्था गरेको छ।

त्यसैगरी लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न सक्ने कर्जाको अधिकतम सीमा ७ लाखबाट बढाएर १५ लाख रुपैयाँ पुर्‍याइएको छ। साथै, कर्जा भुक्तानीमा समस्या भोगिरहेका लघुवित्तका ऋणीहरूका लागि भुक्तानी तालिका परिमार्जन गर्न सकिने व्यवस्था पनि मिलाइने जनाइएको छ।

हाल बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अधिक रहे पनि कर्जा प्रवाह सुस्त भइरहेकाले समग्र कर्जा विस्तारलाई सहज बनाउन यस्तो नीति लघुवित्त क्षेत्रलाई समेत लक्षित गर्दै ल्याइएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ११ : ३८ बजे

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए