१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खजुरामा घुम्ती शिविर मार्फत ७० नयाँ व्यवसाय दर्ता, ३७ नविकरण



खजुरा । बाँकेको खजुरा गाउँपालिकाले सन्चालन गरेको घुम्ती शिविर मार्फत ७० वटा नयाँ व्यवसायीहरु दर्ता प्रक्रियामा आएका छन । गाउँपालिकाले संचालन गरेको घुम्ती शिविर मार्फत ३७ व्यवसाय नविकरण भएको राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले जानकारी दिए ।

गत विहिबार देखी व्यवसाय दर्ता तथा नवीकरणका लागी पालिकाले हरेक वडामा व्यवसायलाई पायक पर्ने स्थानमा घुम्ती शिविर सन्चालन गरेको थियो । पहिलो दिन वडा नम्बर १ मा संचालन गरिएको घुम्ती शिविर मार्फत नयाँ व्यवसाय दर्ता १४ जनाले गरेका छन् भने नबिकरण ८ जनाले गरेको सूचना प्रबिधि शाखा प्रमुख सुरेश साहुले जानकारी दिए । यस्तै, वडा नम्बर २ मा १४ वटा नयाँ व्यवसाय दर्ता भएकोमा ९ वटाले नविकरण गरेका थिए । वडा नम्बर ३ मा भने १ जनाले मात्र नयाँ दर्ता गरे भने नविकरण कसैले गर्न नआएको राजश्व शाखा प्रमुख रावतले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ४ मा २ वटा नयाँ दर्ता भयो भने नविकरण ३ वटाले गरे । त्यस्तै, वडा नम्बर ५ मा ४ वटा व्यवसायीले घुम्ती शिविरमा आएर दर्ता गरे । नविकरण भने २ वटा मात्र हुन सक्यो । वडा नम्बर ६ मा सबैभन्दा बढि व्यवसायीले आफ्नो व्यवसायको दर्ता गरेका थिए । २६ वटा नयाँ दर्ता सगैं ८ वटा व्यवसायीले नविकरण समेत गरे । खजुरा गाउँपालिका वडा नम्बर ७ मा ४ वटा नयाँ व्यवसायीले शिविरमा आएर दर्ता प्रक्रियामा भाग लिए भने नविकरण १ वटाले मात्र गरेका थिए । खजुरा गाउँपालिका राजश्व शाखाले आयोजना गरेको घुम्ती शिविरमा वडा नम्बर ८ मा ५ वटा व्यवसाय दर्ता प्रक्रियामा आए भने ५ वटा पुराना व्यवसायीले नविकरण समेत गरेका छन ।

स्थानीय तहमा व्यवसाय दर्ता र नविकरण गर्न पालिकाले समय समयमा सचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दै आइएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताए । स्थानीय व्यापारी तथा उद्यमीहरूको केहि वडामा उत्साहजनक उपस्थिति रहेपनि केहि वडामा यसको औचित्यका बारेमा थप काम गर्न जरुरी देखिएको प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौेडेलले जानकारी दिए ।

स्थानीय पालिकामा दर्ता र नविकरण गर्दा हुने सहजताका बारेमा धेरेलाई जानकारी नहुनाले पनि कम दर्ता प्रक्रियामा सहभागि भएको हुनसक्ने पालिका उपाध्यक्ष मन्जु मल्लले बतार्इन् ।

घुम्ती शिविरमा सेवा लिन आएका सहभागिहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकोले शिविर बाहेकका दिनहरुमा समेत कार्यालयमै आएर दर्ता गर्ने क्रम बढिरहेको राजश्व शाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : १३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा