७ आश्विन २०८३, बुधबार | September 23, 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको निष्कर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको छ । विशेष अदालतमा अभियोगपत्र दर्ता प्रक्रिया जारी रहेको अदालतका उपरजिस्ट्रार मुकुन्द निरौलाले जानकारी दिएका छन् ।

अख्तियारले पूर्वमन्त्री रामशरण महत र दीपक अमात्यसहित पाँच पूर्वमन्त्रीलाई प्रतिवादी बनाउँदै करिब ८ अर्ब रुपैयाँ बिगो कायम गरेको छ । त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी तथा पूर्वनिर्देशक मुरारी भण्डारीसहितका अधिकारीहरूलाई पनि मुद्दामा संलग्न गराइएको छ ।

संसदीय समितिले विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी अनियमितता भएको ठहर गर्दै अख्तियारलाई छानबिन अघि बढाउन निर्देशन दिएको थियो । सोही सिफारिसअनुसार विस्तृत अनुसन्धान गरेपछि अख्तियारले ५५ जनामाथि मुद्दा दायर गर्ने तयारी गरेको हो ।

तत्कालीन सार्वजनिक लेखा समितिमातहतको उपसमितिले तयार पारेको प्रतिवेदनमा ठेक्का सम्झौता प्रक्रियादेखि नै अनियमितता सुरु भएको र लागत आठ अर्बले बढाएर प्रारम्भमै भ्रष्टाचारको बाटो खोलिएको उल्लेख छ । लागत वृद्धिअनुसार संरचना निर्माण नगरी सम्झौता विपरीत अतिरिक्त भुक्तानी गरिएको, रनवे निर्माणमा हिनामिना भएको, दुई अर्बभन्दा बढी कर छुट दिइएको जस्ता गम्भीर अनियमितताहरू प्रतिवेदनमा समावेश छन् ।

उपसमितिले निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित पूर्वमहानिर्देशक सञ्जीव गौतम र राजन पोखरेल, निर्देशक बिनेश मुनाकर्मी, चाँदमाला श्रेष्ठ, ई. बाबुराम पौडेल, उपनिर्देशक ई. प्रवीण न्यौपाने र प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेललगायतमाथि कानुनबमोजिम कडा कारबाही गर्न सुझाव दिएको छ ।

संसदीय प्रतिवेदनका अनुसार कर छुटमा मात्र २ अर्ब २२ करोड रुपैयाँ बराबरको अनियमितता देखिएको छ । त्यस्तै एसी खरिद, नाली निर्माण, माटो भराइ, रनवे-ट्याक्सीवे निर्माणमा देखाइएको खर्च, परामर्श र इन्धन भण्डारणलगायत शीर्षकमा समेत शंकास्पद भुक्तानीहरू फेला परेका छन् । खुला प्रतिस्पर्धाविना अस्पष्ट विधि प्रयोग गरी वा अस्वीकृत भुक्तानीका रूपमा देखिएका रकम जोड्दा करिब ८ अर्ब २३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार भएको उपसमितिको निष्कर्ष छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ३० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज