२६ माघ २०८२, सोमबार | February 9, 2026

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित



बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गोविन्द बस्नेतलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार बुटवलमा सम्पन्न अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी बस्नेतले १ मतको फरकले विजय हात पारे ।

कुल ३७ मत खसेको निर्वाचनमा बस्नेतले १९ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी राजेश प्रसाद पाण्डे १८ मतमा रोकिए । अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएका छन् । जसअनुसार उपाध्यक्षमा दिपेश अर्याल, सचिवमा उपेन्द्र यादव, कोषाध्यक्षमा रामचन्द्र खरेल तथा सदस्यमा किरण राना, राम प्रसाद खड्का, शिव पौडेल र शिखर गिरि धिताल चयन भएका छन् ।

उद्घाटन सत्रमा इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले जेनजी आन्दोलनपछि शैक्षिक परामर्श क्षेत्रको भूमिका झन् महत्वपूर्ण बनेको बताउँदै परामर्श केन्द्रहरूले युवाहरूलाई विदेश पठाउने मात्र नभई स्वदेशमै केही गर्न सकिने वातावरणबारे पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

केन्द्रीय महासचिव दिपकराज भुसालले इक्यानको पक्षमा नीतिगत सुधारका लागि राज्यसँग आवश्यक दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्र तथा विभिन्न जिल्लाका प्रतिनिधि, सल्लाहकारहरूले संगठनलाई सुदृढ बनाइ सदस्यहरूको पेशागत हितमा काम गर्न सुझाव दिए ।

संस्थापक अध्यक्ष देव कुंवरले इक्यान रुपन्देही स्थापना कालदेखि हालसम्मको यात्रा स्मरण गर्दै अझ संगठित भएर अघि बढ्नुपर्ने बताइन् । जानेर गिरीराज पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन साथ दिने सबै प्रति आभार व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरूलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : ५७ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी