२१ मंसिर २०८२, आइतबार | December 7, 2025

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित



बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गोविन्द बस्नेतलाई आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार बुटवलमा सम्पन्न अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी बस्नेतले १ मतको फरकले विजय हात पारे ।

कुल ३७ मत खसेको निर्वाचनमा बस्नेतले १९ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी राजेश प्रसाद पाण्डे १८ मतमा रोकिए । अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएका छन् । जसअनुसार उपाध्यक्षमा दिपेश अर्याल, सचिवमा उपेन्द्र यादव, कोषाध्यक्षमा रामचन्द्र खरेल तथा सदस्यमा किरण राना, राम प्रसाद खड्का, शिव पौडेल र शिखर गिरि धिताल चयन भएका छन् ।

उद्घाटन सत्रमा इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले जेनजी आन्दोलनपछि शैक्षिक परामर्श क्षेत्रको भूमिका झन् महत्वपूर्ण बनेको बताउँदै परामर्श केन्द्रहरूले युवाहरूलाई विदेश पठाउने मात्र नभई स्वदेशमै केही गर्न सकिने वातावरणबारे पनि प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

केन्द्रीय महासचिव दिपकराज भुसालले इक्यानको पक्षमा नीतिगत सुधारका लागि राज्यसँग आवश्यक दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा केन्द्र तथा विभिन्न जिल्लाका प्रतिनिधि, सल्लाहकारहरूले संगठनलाई सुदृढ बनाइ सदस्यहरूको पेशागत हितमा काम गर्न सुझाव दिए ।

संस्थापक अध्यक्ष देव कुंवरले इक्यान रुपन्देही स्थापना कालदेखि हालसम्मको यात्रा स्मरण गर्दै अझ संगठित भएर अघि बढ्नुपर्ने बताइन् । जानेर गिरीराज पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन साथ दिने सबै प्रति आभार व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट व्यक्तित्व तथा सञ्चारकर्मीहरूलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ९ : ५७ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब