२७ मंसिर २०८२, शनिबार | December 13, 2025

खजुरामा भोलिबाट रनिङ शिल्ड : आठौं खजुरा मेयरकप रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

स्थानीयले गरे एक घर एक स्कुलको खाने बस्ने व्यवस्था



खजुरा । बाँकेको खजुरामा आयोजना हुने आठौं अन्तर बिद्यालय मेयर रनिङशिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आज खजुरा ४ को मिनी रङ्गशालामा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजक खजुरा गाउँपालिकाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिका संयोजक एवम खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले खजुरालाई खेलाडी उत्पादनको हव बनाउने गरि पालिकाले योजना बनाईरहेको जानकारी दिए । उनले पालिकाले कपड्डी खेललाई पालिका खेलका रुपमा निर्णय गरेको जनाउँदै त्यससँगै हरेक खेलमा खजुराले अब्बल खेलाडीहरु प्रस्तुत गरिरहेको बताए । जिल्ला, प्रदेश, राष्ट्रिय तथा ओलम्पिकमा समेत खजुराले उत्पादन गरेको खेलाडीहरु सहभागी भइरहेको बताउँदै उनले छिट्टै गोल्ड कपको समेत प्रतियोगिता आयोजना गरिने बताए ।

प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको ज्ञानोदय उच्च माविका प्राचार्य ऋषिराम सापकोटाले यसअघिका वर्षहरुमा भन्दा उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिताको तयारी गरिएको बताए । बिद्यालयकै तर्फबाट जाती जनजातीको संस्कृति र परम्परा प्रदर्शन हुनेगरि झाँकी तथा आकर्षक कवाजको प्रस्तुती रहने प्राचार्य सापकोटाले बताए ।

खजुरा खेलकुद विकास समितिका सदस्य सचिव छविलाल विष्टले एउटै पालिका भित्र ३ वटा मिनी रङ्गशाला रहेको उल्लेख गर्दै खजुरा खेलकुद क्षेत्रमा सधैं अब्बल भएको दाबी गरे । उनले प्रतियोगितालाई मर्यादीत बनाउन यसपटक विशेष कडाई गरिएको जानकारी दिँदै फर्जी खेलाडी समावेश भएको पाईए मेडल फिर्ता लिने सम्मको कारवाही हुने बताए ।

अन्तर विद्यालय मेयर रनिङ्‌ग शिल्ड खेलकुद प्रतियोगिता २०८२ को आठौं संस्करण ज्ञानोदय माध्यमिक विद्यालयको व्यवस्थापनमा खजुरा गाउँपालिका खेलकुद विकास समिति र शिक्षा समितिको संयुक्त आयोजनामा भोलिदेखि २९ गतेसम्म डि गाउँ सिथ्त मिनी स्टेडियममा सञ्चालन हुँदैछ ।

आयोजकका अनुसार प्रतियोगितामा कुल खर्च रकम रु १३ लाख ४७ हजार ८०० हुने अनुमान गरिएको छ। जसमध्ये विद्यालयबाट दर्ता शुल्क रु २ लाख ७७ हजार १०० खेलकुद विकास समिति मेयर कप शीर्षकबाट रु १० लाख तथा ज्ञानोदय माध्यमिक विद्यालयबाट रु ७० हजार २०० खर्च ब्यहोर्ने गरि खेल संचालन हुने बताइएको छ ।

प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिक तर्फ एथलेटिक्स भलिवल र कपड्‌डी गरी जम्मा ३० इभेन्ट्स मा छात्रा २६८ छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी हुनेछन् । आधारभूत तह कक्षा ६ देखि ८ कम १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी हुने छन भने प्राथमिक तह‌मा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी हुनेछन्। छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता सञ्चालन र व्यवस्थापन हुनेछ ।

प्रतियोगिता संचालनमा स्थानीय सहभागिता :

यसवर्षको प्रतियोगितामा स्थानीयबासीको प्रत्यक्ष सहभागिता देखिएको छ । मिनी रङ्गशाला आसपासका स्थानीयले खेलाडीहरुलाई बस्ने र खाने व्यवस्था मिलाएका छन् । एक घर एक स्कुलका रुपमा स्थानीयबासीले खेलाडी विद्याथीहरुलाई खाना खुवाउने र बस्ने व्यवस्था मिलाएको प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ७ : ५० बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु