२६ मंसिर २०८२, शुक्रबार | December 12, 2025

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर



काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु १००ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ९०५ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ८०५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ११ : ४० बजे

मन्त्रिपरिषद् विस्तार, आज ४ मन्त्री थपिँदै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदले चौथो पटक थप ४

एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक

मुस्ताङमा खोरभित्रै भएको हिउँ चितुवाको आक्रमणबाट १६ भेडा ३ च्याङ्ग्रा मरे

मुस्ताङ । यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको

एमाले सचिवालय बैठक आज बस्दै, प्रतिनिधि मनोनयन र विधान संशोधनमा केन्द्रित

काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा पार्टी सचिवालय बैठक