४ पुस २०८२, शुक्रबार | December 20, 2025

रवि लामिछाने आज रिहा हुँदै



काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार शुक्रबार रिहा हुँदैछन् । ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि थुनामुक्त हुन लागेका हुन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार धरौटी रकम बुझाइएको र अब जिल्ला अदालत रुपन्देहीबाट आवश्यक कागजात प्राप्त गरेपछि उनी औपचारिक रूपमा रिहा हुनेछन् । कागजात लिनका लागि लामिछाने शुक्रबार भैरहवा पुग्ने जनाइएको छ ।

लामिछाने रिहा हुने खबर फैलिएसँगै बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्यामा समर्थक तथा सर्वसाधारणको भीड लागेको थियो । समर्थकहरूले उनको रिहाइको प्रतीक्षामा कारागार परिसरमा उपस्थित भई चासो देखाएका थिए ।

सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेका लामिछानेमाथि अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि उनी जेलमुक्त हुन लागेका हुन् । रिहाइपछि उनी कानुनी प्रक्रिया अनुसार मुद्दाको सुनुवाइमा उपस्थित हुनुपर्नेछ ।

लामिछानेको रिहाइसँगै सहकारी ठगी प्रकरणमा राजनीतिक र कानुनी बहस थप चर्किने देखिएको छ । रास्वपाले यसलाई न्यायिक प्रक्रियाको स्वाभाविक चरणको रूपमा लिएको बताउँदै आएको छ भने विपक्षी दलहरूले घटनाको निष्पक्ष छानबिन र कानुनी निष्कर्षमा जोड दिएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको