काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा झरेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार तोलामा ४ हजार ८० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



















प्रतिक्रिया