६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको छ । आज गरिको रक्तदान कार्यक्रममा ३० जना दाताले रगत दान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशीक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीलाई संयुक्तरुपमा रगत संकलन गर्ने ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।

रक्तदान गर्नेहरुलाई प्रमाणपत्र वितरण गरिएको जनाउँदै महासंका बाँके सचिव कृष्ण ओलीले कार्यक्रममा प्राविधिक सहयोग गरेको रक्तसञ्चार केन्द्रलाई कदरपत्र प्रदान गरिएको जानकारी दिए । उनका अनुसाररक्तसञ्चार केन्द्रले पनि बाँके शाखालाई प्रशंसा(पत्र प्रदान गरेको थियो ।

त्यस अवसरमा १०६ पटक रक्तदान गरेका पत्रकार पवन जयसवाललाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ बाँके शाखाले जयसवाललाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाई, बाँके शाखा अध्यक्ष गिरी लगायतले जयसवाललाई दोसल्ला, अबिर र माला लगाई सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

नेपालगन्ज १९ निवासी जयसवालले बर्षौंदेखि रक्तदान जस्तो पवित्र कार्य गर्दै मानव सेवा र कल्याणका लागि खेल्दै आएको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको शाखा अध्यक्ष गिरीले बताए । नेपालगन्ज क्षेत्रमा बढ्दो रगतको मागलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको अध्यक्ष गिरीले जनाए ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : ५३ बजे

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा