११ असार २०८३, बिहिबार | June 26, 2026

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको छ । आज गरिको रक्तदान कार्यक्रममा ३० जना दाताले रगत दान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशीक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीलाई संयुक्तरुपमा रगत संकलन गर्ने ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।

रक्तदान गर्नेहरुलाई प्रमाणपत्र वितरण गरिएको जनाउँदै महासंका बाँके सचिव कृष्ण ओलीले कार्यक्रममा प्राविधिक सहयोग गरेको रक्तसञ्चार केन्द्रलाई कदरपत्र प्रदान गरिएको जानकारी दिए । उनका अनुसाररक्तसञ्चार केन्द्रले पनि बाँके शाखालाई प्रशंसा(पत्र प्रदान गरेको थियो ।

त्यस अवसरमा १०६ पटक रक्तदान गरेका पत्रकार पवन जयसवाललाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ बाँके शाखाले जयसवाललाई सम्मान गरेको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाई, बाँके शाखा अध्यक्ष गिरी लगायतले जयसवाललाई दोसल्ला, अबिर र माला लगाई सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

नेपालगन्ज १९ निवासी जयसवालले बर्षौंदेखि रक्तदान जस्तो पवित्र कार्य गर्दै मानव सेवा र कल्याणका लागि खेल्दै आएको भूमिकाको उच्च कदर गर्दै सम्मान गरिएको शाखा अध्यक्ष गिरीले बताए । नेपालगन्ज क्षेत्रमा बढ्दो रगतको मागलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरिएको अध्यक्ष गिरीले जनाए ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ७ : ५३ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा