२९ असार २०८३, सोमबार | July 13, 2026

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि कांग्रेस र एमालेका केही पूर्व सांसदहरुको हस्ताक्षरमा छुट्टाछुट्टै रिट सर्वोच्चमा दर्ता गराएका थिए ।

आज नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र स्वतन्त्र सांसद गरि १४३ जनाले हस्ताक्षर गरेको विघटनविरुद्धको रिट सर्वोच्चमा दर्ता भएको हो । सो रिटमा भोलका लागि पेसी ताकिएको छ।

सर्वोच्चले रिट दर्ता गरेको र बुधबारका लागि पेसी समेत तोकेको पूर्वमहान्यायधिवक्ता तथ वरिष्ठ अधिवक्ता खम्बबहादुर खातीले जानकारी दिए।

रिटमा कांग्रेसका ६५ जना, एमालेका ७५ र जसपाका २ र एक स्वतन्त्र गरि १४३ जनाले हस्ताक्षर गरेका छन् ।

यसअघि कांग्रेस र एमालेले दिएको छुट्टाछुट्टै रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : ५२ बजे

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार